परिचय
सामुदायिक रेडियो हर्मी समुदायद्धारा समुदायकै हितका लागि रेडियो स्टेसन हो । यस रेडियोको प्रशारण केन्द्र गोरखा जिल्लाको हर्मी गाविसमा रहेको छ । नेपाल सरकार सूचना तथा संचार मन्त्रालयबाट २०६६ साल फागुनमा प्रशारण अनुमति प्राप्त गरेको सामुदायिक रेडियो हर्मी फ्रिक्वेन्सी मोडुलेसनको १०५.४ मेगाहर्जमा २०६७ साल असार ४ गतेबाट प्रशारण हुन थालेको हो ।
यस रेडियोको प्रशारण क्षमता १०० वाट रहेको छ । गोरखा र वरिपरिका लमजुङ, तनहुँ अनि चितवनका अधिकांस भू—भागमा सामुदायिक रडियो हर्मी प्रष्ट सँग सुन्न सकिन्छ । यसका अलावा आसपासका अन्य १६ जिल्लामा पनि यसको प्रशाण पहँुच छ ।
ग्रामिण भेगमा बसोबास गर्ने अधिकाशं जनताहरु मूलधारका संचार माध्यमहरुको पहुँच भन्दा धेरै टाढा छन् । मूलधारका संचार माध्यमसँगको उनीहरुको सम्बन्ध एउटा उपभोक्ताको जस्तो मात्रै छ । ग्रामिण जनता तीनमा आफ्नो सहज पहुँच बनाउन सक्दैनन् । मूलधारका संचार माध्ययमहरुको ग्रामिण जनता सूचना र समाचारका उपभोक्ता मात्र हुन् भन्ने मान्यता रहि आएको छ । तर मूलधारका संचार माध्ययमले कहिल्यै नसमेट्ने ती जनता, सूचना र समाचारका स्रोत पनि हुन् भन्ने मान्यता स्थापित गराउन जनताको रेडियो जनताकै आवाज भन्ने मूल नाराका साथ सामुदायिक रेडियो हर्मी प्रशारण हुने गर्छ ।
स्रोता र रेडियो बिच दोहोरो संचार प्रणालीको विकास गराउनु सामुदायिक रेडियो हर्मीको मुख्य उदेश्य हो । जब सम्म स्रोता र संचार माध्यम बिच दोहोरो सूचनाको आदान प्रदान गर्ने संस्कारको विकास हुदैन तब सम्म वास्तबिक सामुदायिक संचारको अभ्यास सफल रहन सक्दैन । त्यसैले ओझेलमा परेका आवाजहरुलाई बुलंद पार्दै रैथाने ज्ञान, सिप, सभ्यता र संस्कृतिलाई संरक्षण गर्न गोरखा जिल्लाको एउटा ग्रामिण बस्ती हर्मीबाट सामुदायिक रेडियो हर्मीको प्रशारण आरम्भ गरिएको हो ।

लक्ष्य

प्रभावकारी संचार अभ्यास मार्फत समुदायमा सकारात्मक परिर्वतन ल्याउने ।
उदेश्य प्रयोगात्मक ज्ञान, सहि सूचना र समाचार अनि स्वच्छ मनोरञ्जन प्रदान गर्ने । सामुदायिक र विकास पत्रकारिताको सिद्धान्तलाई आत्मसाथ गर्ने । जनताको सूचनाको हक र वाक स्वतन्त्रताको पक्षपोषण गर्ने । रैथाने ज्ञान, सिप, सभ्यता र संस्कृतिको संरक्षण गर्ने ।
गाउँलेको दक्षता अभिबृद्धि र आयआजनमा टेवा पुर्याउने । समुदायको भौतिक र साँस्कृतिक विकासमा सघाउने । नयाँ लोकतान्त्रिक सोच र सस्कार निमार्णमा टेवा पुयाउने । नीति निमार्ता अनि सार्वजनिक सरोकारका संस्था र समुदाय बिच पुलको काम गर्ने । स्थानिय स्तरमा हुने विकास निमार्ण र सामाजिक गतिविधिहरुको पारदर्शिता तथा जन सहभागीताको महत्व बारे जनतालाई सू—सुचित गराउने । भौगोलिक विषमता, आर्थिक दुरावस्था, भाषिक विविधता र जातिय उत्पिडनले संचारको पहुँचबाट बन्चित जनताको संचार सहयात्री बन्ने । साँस्कृतिक, भाषिक र जैविक विविधता संरक्षणका लागि स्थानिय जनतालाई अभिप्रेरित गराउने । समुदायका सदस्यहरुलाई पनि रेडियो कार्यक्रम उत्पादनमा सहभागी गराई रेडियो प्रशारण र व्यस्थापनमा सहभागी तथा निर्णायक बनाउने । सबै जातजाती, राजनीतिक दल, सामाजिक संस्था, धार्मिक संस्थाहरुको पक्ष—विपक्ष नबनिकन निष्पक्ष स्वतन्त्र रेडियोको रुपमा अगाडी बढ्ने । सामुदायिक रेडियो हर्मी मुनाफा वितरण नगर्ने सामाजिक संस्था च्यारीटीका रुपमा कम्पनि रजिस्ट्ररको कार्यालयमा दर्ता भएको छ । संस्थाले कमाएको मुनाफा वितरण नगर्ने च्यारीटी सामाजिक संस्था मा संस्थापक सदस्यहरुको शेयर पुँजि रहेको हुदैन । संस्थाले आर्जन गरेको मुनाफाबाट लाभाम्स बोनस वा कुनै रकम यसका सदस्यहरुलाई वितरण गर्न मिल्दैन । त्यसैले समुदायिक रेडियो हर्मी मुनाफा वितरण नगर्ने, व्यक्तिगत स्वामित्व नरहेको, दान, उपदान र सहयोग तथा स्वआर्जनबाट संचालन हुने सामाजिक संस्था हो । यस रेडियोका सदस्यहरु स्थानिय सामुदायिक संघ सस्था र व्यक्तिहरु नै हुन् । हर्मी र आसपासका सामुदायिक विद्यालय, महिला समूह, आमा समूह, युवा समूह, कृषक समूह, वन उपभोक्ता समूह, गाउँ विकास समिति, स्वास्थ्य संस्था लगायतका सामुदायिक संस्थाहरु यसका सदस्य छन् । त्यसका साथै स्थानिय किसान, बुद्धिजिवि, समाजसेवी र सर्बसाधारणहरु पनि रेडियोको सदस्यता लिई सामुदायिक संचार अभियानमा सरिक छन् ।
मौलिक र जन सहभागीता मूलक कार्यक्रम
सामुदायिक रेडियो हर्मी समुदाय द्धारा समुदायकै हितका लागि स्थापना गरिएको रेडियो हो । त्यसैले त यस रेडियोमा उत्पादन हुने कार्यक्रम अनि रेडियो संचालनका नीति, निमार्ण र निर्णय प्रक्रियामा समुदायका हरेक वर्ग र सामाजिक संस्थाहरुको प्रत्यक्ष सहभागीता रहने गर्छ । हरेक कुरामा रेडियोका सदस्य सर्वसाधारण जनता र समुदायिक संस्थाका प्रतिनिधिहरुको सक्रियता र सहभागीताले सामुदायीक संचारको यो फरक यात्रामा सूनमा सुगन्ध थपेको छ । एकै पटक धेरै स्रोताको माझमा पुग्ने छिटो, छरितो, सस्तो र प्रभावकारी आम संचार माध्यम सामुदायिक रेडियो हर्मीबाट प्रशारण हुने कार्यक्रमले स्रोताहरु माझ धेरै सकारात्मक प्रभाव छोड्न सफल भएको छ । रेडियो खुल्नु अघि र पछिको समाजिक परिवेशमा धेरै अन्तर आएको छ । आफ्नै गाउँ ठाउँबाट गाउँले भाका र बोली बजाउने रेडियो खुले पछि गाउँलेहरुमा एकातर्फ रेडियो सुन्ने बानिको विकास भएको छ भने अकातर्फ यस प्रतिको लगाब पनि बढेको छ ।
सामुदायिक रेडियो हर्मीले स्थानिय समुदायको प्रत्यक्ष सहभागीतामा प्रयोगात्मक ज्ञान, सहि सूचना र स्वच्छ मनोरञ्जन प्रदान गर्ने खालका कार्यक्रमहरु मात्र प्रशारण गर्ने गर्छ । मुख्य गरि सामुदायिक रेडियो हर्मीले शिक्षा, स्वास्थ्य, सरसफाई, कृषि, प्रविधि, वातवरण, मानव अधिकार महिला तथा वाल वालिका र सामुदायिक विकासका अन्य विषय र गतिविधिमा केन्द्रित रहेर कार्यक्रमहरु उत्पादन र प्रशारण गर्ने गर्छ । कुल प्रशारणको ७० प्रतिशत कार्यक्रम समाचार जागरण, र सूचना मूलक छन्, भने बाँकी ३० प्रतिशत कार्यक्रम चाँहि स्वच्छ मनोरञ्जन दिने खालका छन् । मनोरञ्जनात्मक कार्यक्रमको बिच—बिचमा पनि सूचना र जानकारीहरु मिश्रित सन्देशहरु प्रशारण गर्नु सामुदायिक रेडियो हर्मिको छुट्टै विशेषता हो । सामुदायिक रेडियो हर्मीबाट प्रशारण हुने कार्यक्रममा ग्रामिण जनता र समुदायको प्रत्यक्ष सहभागीता हुने गरेको छ । प्रत्यक्ष अन्र्तवार्ता, स्थलगत प्रत्यक्ष प्रशारण, स्थलगत रिपोटिङ, जन आवाज, फोन इन, एस.एम.एस. र चिठि—पत्रमा मार्फत जन—सहगीता गराई जनताका अवाजहरु प्रशारण गराउन सक्नु पनि हाम्रो अर्को विशेषता हो ।

खुल्ला सदस्यता

यस रेडियोको प्रबन्धपत्र र नियमावली बमोजिम आजीवन सदस्यता र साधारण सदस्यता सम्पूर्ण इच्छुक समाजसेवी, बुद्धीजीवी र सामाजिक÷सामुदायिक संस्था तथा समुदायका सदस्यहरुलाई खुल्ला गरिएको छ । रेडियोको कार्यालयमार्फत निवेदन पेश गरि सदस्यता लिन सकिने छ ।

जन उत्तरदायि विज्ञापन नीति

सामुदायिक रेडियो हर्मीमा जनताको स्वास्थ्य, स्वाभिमान, आत्मसम्मान, जातिय तथा भाषिक उश्रृङखलता र आय—आर्जनमा असर पर्ने खालका विज्ञापनहरु प्रशारण गरिदैन । यसका साथै सामाजिक सहिष्णुतामा खलल पुग्ने विज्ञापन पनि प्रशारण हुँदैनन् । सामुदायिक हितको प्रशारण संस्था भएकाले सामुदायिक रेडियो हर्मीले चेतना र जागरणका साथै जन—सरोकारका सन्देशहरुलाई भने जन—हितका सूचना ९एगदष्अि क्भचखष्अभ ब्ललयगलअझभलत० का रुपमा आफ्नै तर्फबाट र विभिन्न संघ सस्था सँग साझेदारिमा उत्पादन गरि प्रशारण गर्ने गरिएको छ । दैवि प्रकोप र उद्धार, रक्तदान र रक्त आवश्यकता, बाल—बालिका, बृद्ध–बृद्धा र चौपाया हराएका र भेटिएका, महत्वपूर्ण सामान हराएको र भेटिएको, अनि उपचार नपाएर सहयोगको खोजीमा रहेका दुःखि र गरिव जनताको सहयोगको याचनाका जनहितकारी सार्वजनिक सूचनाहरु पनि निःशुल्क प्रशारण गर्ने ब्यवस्था मिलाइएको छ ।

भाषीक विविधता
नेपाली भाषाका साथ साथै रेडियो हर्मीले स्थानिय गुरुङ, मगर, नेवार, तामाङ, वराम, मुस्लिम, कुमाल आदि भाषाहरुमा कार्यक्रम तथा तीनै भाषाका मौलिक गीत संगित पनि प्रशारण गर्ने गर्छ ।

उर्जामा आत्मनिर्भर

सामुदायिक रेडियो हर्मी नियमित संचालन गर्न आइ पर्ने विद्युत कटौति र अन्य अवरोधको विकल्पमा आफूलाई आवश्यक विद्युत समेत रेडियो आफैले उत्पादन गर्ने गर्छ । जन—सहभागितामा आधारित विद्युत उत्पादन कार्यक्रम अन्र्तगत नेपाल सरकार र अन्य स्वदेशि तथा विदेशि दाता एवं स्थानीय समुदायको सहयोग मार्फत् स्थानिय खार खोलामा सानो बाँध बनाई पाइप मार्फत पोखरीमा जम्मा गरिएको पानी झर्ने ठाउँमा पेल्टिक सेट जडान गरी ३ किलो वाट क्षमताको लघु जलविद्युत योजना संचालन गरिएको छ । यसलाई रेडियोको बैकल्पिक उर्जा स्रोतको रुपमा प्रयोग गर्ने गरिंदै आएको छ ।