४ नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने गुरुङको जिकिर

कात्तिक ६ , बेंसीशहर लमजुङ । नेकपा (एमाले)का सचिव पृथ्वीसुब्बा गुरुङले आफू प्रदेश नं ४ को मुख्यमन्त्री बन्ने जिकिर गर्नुभएको छ ।
सदरमुकाम बेंसीशहरमा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा उहाँले जिल्लाको समृद्धि र उत्थानलाई पहिलो प्राथमिकता राखेर प्रदेशसभा निर्वाचनमा आफू क्षेत्र ‘ख’बाट चुनावी मैदानमा उत्रिएको बताउनुभयो ।

कार्यक्रममा लमजुङबाट प्रतिनिधिसभा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य देवप्रसाद गुरुङले आफू लमजुङमै हुर्किएको भन्दै पराइ नठान्न आग्रह गर्नुभयो ।

नेकपा (एमाले) लमजुङका अध्यक्ष तथा प्रदेशसभा कका उम्मेदवार धनञ्जय दवाडीले जिल्लाको विकास निर्माणको अभिभारा एमालेले लिएको छ भन्नुभयो ।

लोकतन्त्र रक्षाका लागि काँग्रेस

नेपाली काँग्रेसका नेता दिलबहादुर घर्तीले लोकतन्त्रको रक्षाका लागि अहिलेको निर्वाचन काँग्रेसले जित्नुपर्ने बताउनुभएको छ ।
लोकतान्त्रिक पक्षधर उम्मेदवारले बेंसीशहरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नागरिकले चाहेको स्वतन्त्रता, समानता, देशको अखण्डता र सम्पन्नताका लागि काँग्रेस जिम्मेवार रहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभा कका उम्मेदवार गर्जबहादुर गुरुङले सम्भावना भएर पनि विकास हुन नसकेको जिल्लामा आफू निर्वाचति भएपछि समग्र विकासले छलाङ मार्ने जिकिर गर्नुभयो । 

प्रतिकृया दिनुहोस

पत्रपत्रिकाका फ्रन्टपेजः माओवादी केन्द्र विघटन गर्न प्रचण्डको प्रस्ताव !

१३ साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विघटन गर्न सकिने विकल्पबारे सोच्न नेताहरुलाई प्रस्ताव गरेको खुलासा

कक्षा १२ को विज्ञान विषयको रिजल्ट प्रकाशित

साउन २०, काठमाडौ । कक्षा १२ को विज्ञान संकायको परीक्षाफल सार्वजनिक भएको छ । परीक्षामा नियमित तर्फ ७९ दशमलव ४४ प्रतिशत र आशिंक तर्फ ४३ दशमलव ९६ प्रतिशत

अस्थायी शिक्षकको परीक्षा एक साता पछि सर्‍यो

३१ साउन, काठमाडौं । अस्थायी शिक्षकहरुको परीक्षा एक साता पछि सरेको छ । शिक्षक सेवा आयोगले भदौ ३ गतेलाई परीक्षा मिति तोकेको थियो । सो परीक्षा अब भदौ १०