तनहुँको देवघाटधाममा अतिरुद्री सहित महायज्ञ तयारी तिब्र

दमौली, माघ १६ ।  तनहुँको पवित्र धार्मिक स्थल देवघाटको गलेश्वर आश्रम देवघाटधाममा सञ्चालन गर्न लागिएको धनधान्याञ्चल विराट महायज्ञ २०७४ को तयारीलाई त्रि्रता दिइएको छ । नेपालमा अहिलेसम्मको वैदिक सनातन धर्मका सबै यज्ञलाईसमेटेर एकै स्थानमा गर्न लागिएको हुँदा विशेष विराट् महायज्ञ भएको आयोजक मुल समितिले दाबी गरेको छ । 

यही माघ २१ देखि फागुन २ गतेसम्म सञ्चालन गरिने धनधान्याञ्चल विराट ज्ञान महायज्ञमा अलगअलग अनुष्ठान एकै स्थानमा गरिने तयारी भएको छ । आयोजकले सोमबार दमौलीमा सांसद, राजनीतिक दल तथा कार्यालय प्रमुखहरुसंग विशेष बैठक गरी महायज्ञका विषयमा जानकारी गराएको हो ।

महायज्ञबाट वैदिक सनातन धर्म अनुसारको सबै यज्ञलाई समेटेर एकै स्थानमा गर्न लागेको महायज्ञ आयोजक मुल समितिका संयोजक एवं अनन्तश्री विभूषित महामण्डलेश्वर स्वमी आत्मानन्द गिरिजी महाराजले बताएका छन् । 

वैदिक सनातन धर्म संस्कृति र संस्कृतिविद्याको संरक्षण सम्वर्द्धन गर्न, आध्यात्मिक चेतनाको प्रचार प्रसारद्वारा समाजलाई नैतिक र चरित्रवान् बनाउने, ऋषिमुनिहरुद्वारा प्रवर्तित यज्ञीय संस्कृतिको पुनःजागरण, प्राचीन मौलिक नेपाली कला र संस्कृतिको संरक्षण र संवर्द्धन, राष्ट्रशान्ति र समाजको समुन्नतिका लागि विधिपूर्वक देवमूर्तिहरुको प्रतिष्ठा गर्ने, वैदिक कालदेखि नै प्रसिद्ध पवित्र तीर्थस्थल देवघाटधामको महत्व जनमानसमा पुर्‍याउने, नेपालमा धार्मिक पर्यटनको अभिवृद्धि गर्दै समाजलाई समुन्नत शान्त र समृद्धि बनाउने लगायतका उद्देश्यका साथ आयोजना गरिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

पत्रपत्रिकाका फ्रन्टपेजः माओवादी केन्द्र विघटन गर्न प्रचण्डको प्रस्ताव !

१३ साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विघटन गर्न सकिने विकल्पबारे सोच्न नेताहरुलाई प्रस्ताव गरेको खुलासा

एउटा दर्दनाक प्रेम यसरी टुङगीयो

सोविता रिसाल । साउन पहिलो साताको एक दिन । झमक्क साँझ पर्न लागेको थियो । न्यूज रुम, प्राइम बुलेटिनको तयारी । निकै हतारमा थिएँ । ६ बजेपछि स्वभाविक रुपमा

नयाँ बसपार्क समूह प्रथम

साउन ३१ गते । तेश्रो तीज मेला अन्तर्गत सोमबार भएको तीज गीत प्रतियोगितामा नयाँ बसपार्क समूह पहिलो भएको छ । १३ टिमलाई पछि पार्दै नयाँ बसपार्क समूह पहिलो