नयाँ साल २०७५ को पात्रो : मंसिरमा बिहेको साइत १ दिन, कात्तिकमा दशैं तिहार

जि.पि.पौडेल / काठमाडौं,माघ २४ । आगामी वर्ष विवाहको लगन फागुनमा धेरै परेको छ । विवाहको महिना मानिने मंसिरमा भने एक दिनमात्रै साइत परेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७५ का लागि १३ वटा पात्रो (पञ्चाङ्ग) लाई प्रकाशनको स्वीकृति दिएको छ । जसमध्ये एक ‘सूर्य पञ्चाङ्ग’का अनुसार आगामी वर्ष विवाहका लागि कुल ३४ वटा साइत जुरेका छन् ।
२०७५ सालको बैशाखमा ५,६,१६ र २८ गते गरी चार दिन विवाहमूहूर्त छ भने असारमा ६, ७, ९, ११, १५, र १६ गते शुभ बिबाह मुहूर्त परेको छ । तर, मंसिरमा भने एक दिनमात्रै बिहेको साइत छ । ‘सूर्य पञ्चाङ्ग’का अनुसार मंसिर महिनामा २९ गते मात्रै विवाहमूहूर्त छ ।
माघमा १० दिन बिहेको साइत परेको छ जसमध्ये ३, ४, ८, ९, ११, १३, १४, १५, २६ र २७ गते बिहे गर्न साइत जुर्ने पात्रोमा जनाइएको छ ।
२०७५ साल फागुनमा सबैभन्दा धेरै विवाहको साइत जुरेको छ । फागुन १, २, ७, ८, ९, १०, १३, १४, २३, २४, २५, २८ र २९ गते बिहेको साइत जुरेको हो ।
व्रतबन्धको साइत जम्मा ४ दिन
आगामी वर्ष व्रतबन्धका लागि निकै कम साइत जुरेको छ । ‘सूर्य पञ्चाङ्ग’का अनुसार असारमा ८ र २१ गते अनि माघ २७ र फागुन ९ गते मात्रै व्रतबन्धको साइत जुरेको छ ।
आगामी वर्षको दशैं र तिहार दुबै कात्तिक महिनामा परेका छन् । दशैंको टीका कात्तिकमा परे पनि नौरथा चाहिँ असोजबाटै सुरु हुन्छ ।
२०७५ सालको ‘सूर्य पञ्चाङ्ग’का अनुसार असोज २४ मा घटस्थापना परेको छ भने विजयादशमी कात्तिक २ मा परेको छ । कोजाग्रत पूर्णिमा कात्तिक ७ मा परेको छ । यस्तै कात्तिक २१ गते लक्ष्मीपूजा र २३ गते भाइटीका परेको छ । आगामी वर्षको छठ पर्व कात्तिक २७ गते परेको छ ।
महिलाहरुको विशेष पर्व हरितालिका तीज पनि यसवर्ष निकै पछाडि सरेको छ । हरितालिका तीजको ब्रत भदौ २७ गते परेको छ । त्यसैगरी गाईजात्रा भदौ ११ गते परेको छ भने कुसे औंसी भदौ २४ गते परेको छ ।

प्रतिकृया दिनुहोस

पत्रपत्रिकाका फ्रन्टपेजः माओवादी केन्द्र विघटन गर्न प्रचण्डको प्रस्ताव !

१३ साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विघटन गर्न सकिने विकल्पबारे सोच्न नेताहरुलाई प्रस्ताव गरेको खुलासा

एउटा दर्दनाक प्रेम यसरी टुङगीयो

सोविता रिसाल । साउन पहिलो साताको एक दिन । झमक्क साँझ पर्न लागेको थियो । न्यूज रुम, प्राइम बुलेटिनको तयारी । निकै हतारमा थिएँ । ६ बजेपछि स्वभाविक रुपमा

नयाँ बसपार्क समूह प्रथम

साउन ३१ गते । तेश्रो तीज मेला अन्तर्गत सोमबार भएको तीज गीत प्रतियोगितामा नयाँ बसपार्क समूह पहिलो भएको छ । १३ टिमलाई पछि पार्दै नयाँ बसपार्क समूह पहिलो