आर्थिक मसान्त सकिनै लाग्दा पनि पालुङटार नगरपालिकाको बिकास बजेट ३५ प्रतिशत मात्र खर्च

गोरखा,जेठ २३ । आर्थिक वर्ष समाप्त हुन एक महिना नौ दिन बाँकी रहँदा पालुङटार नगरपालिकामा बिकास बजेटको ३५%(प्रतिशत) मात्र खर्च भएको छ । नगर स्तरीय गौरवका आयोजनाहरु राधा कृष्ण चोक देखि कालोमाटा सम्मको सडक, राधा कृष्ण चोक सिटिभिटी हुँदै बाह्रपिर्के सम्मको नमुना सडक, पर्यटकिय स्थलहरु तालपोखरी, हामस्टे कार्यक्रम र कोट संरक्षणको लागि आबस्यक बजेट विनियोजन गरिएको र केहि मात्र आयोजनाको काम अघि बढेको नगरपालिकाका प्रशासकिय अधिकृत विरेन्द्र देब भारतीले जानकारी दिनुभयो । उहाँले सोचे अनुसार ठेकेदारले कामको प्रगती देखाउन नसकेका कारण बिकास बजेट खर्च हुन नसकेको बताउनु भएको छ ।
कुनै योजना तर्जुमा गर्दा हावा भरमा योजना तर्जुमा गरिएको र त्यो अहिले आबश्यक नभएका कारण त्यस्ता योजनाका लागि छुट्याइएको रकम खर्च हुन नसक्ने उहाँको भनाइ छ । सोहि अबसरमा उहाँले सतप्रतिसत योजनाको काम सम्पन्न गर्न नसकिए पनि यस आर्थिक मसान्तको अन्त्य सम्ममा ७० %(प्रतिशत) रकम खर्च गरिने बताउनुभएको छ । 
नगरपालिकाको गौरबको आयोजना मध्यको बस पार्क निर्माणको काम पनि यस वर्ष सुरु नहुने भएको छ । बसपार्कको डिजाइन सहरी बिकास तथा भवन डिभिजन कार्यालय गोरखाले गरेको र  डिजाइन  ढिलो पठाएका कारण बस पार्कको काम अघि बढ्न नसकेको नगपालिकाका इञ्जिनियर निरज देबकोटाले जानकारी दिनुभयो । योजनाको काम ढिलो हुनु र बिकास बजेटको रकम खर्च नहुनुको प्रमुख बिषय नगरपालिका संग प्राविधिक जनशक्तिको कमी हुनु प्रमुख कारण रहेको इञ्जिनियर देबकोटाको भनाइ छ । राजेश पौडेल / सुनौलोखबर बाट साभार
 

प्रतिकृया दिनुहोस

निर्वाचन क्षेत्र निर्धारण आयोगले थाल्यो काम

सरकारले सात दिनअघि गठन गरेको निर्वाचन क्षेत्र निर्धारण आयोगले बुधबारदेखि औपचारिक रूपमा आफ्नो काम सुरु गरेको छ ।  काम थालेको मितिले २१ दिनभित्र

जिल्ला समन्वय समिति गोरखा कांग्रेसको कब्जामा

साउन १७  गोरखा । जिल्ला समन्वय समिति गोरखाको संयोजकमा नेपाली कांग्रेसका सिरानचोक गाउँपालिका १ केराबारीबाट सदस्यमा निर्वाचित अशोक गुरुङ निर्विरोध

नगरपालिकाले घर बहाल कर उठाउन नसक्दा लाखौंको राजश्व गुम्यो

गाेरखा –जिल्ला सदरमुकाममा घर भाडामा लगाएकाहरुबाट नगरपालिकाले बाहलकर लिन सकेको छैन् । घरभाडा लगाएर लाखौ आम्दानी गरिरहेका घरधनीले नगरपालिकालाई