लमजुङमा तास खेल्दै गर्दा ७ जना जुवाडे पक्राउ

लमजुङ ,जेठ २३ । लमजुङकाे मध्यनेपाल नगरपालिका–४ दुईपिप्लेबाट ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । तास खेल्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरिक्षक यादव ढकालले जानकारी दिनुभयो । मंगलबार सुवास बानियाँको घरबाट बानियाँ सहित ७ जना जुवाडे पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा घरधनी बानियाँसंगै अर्जुन शाही, नवराज गौतम, रणबहादुर विक, हरिनाथ अधिकारी, ज्ञानेन्द्र गौतम र पदम ठकुरी रहेका छन् । पक्राउ परेका उनीहरुलाई जुवा ऐन २०२० अन्र्तगत मुद्धा दर्ता गरेर ३ दिन म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानून निर्माणबारे जानकारी

काठमाडौँ,  साउन १२  गते  । स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानून निर्माणबारे जानकारी

नागपञ्चमी र रक्षाबन्धन मनाइँदै

साउन १३ गते । श्रावण शुक्ल पञ्चमीका दिन शुक्रबार नागको पूजा गरेर नाग पञ्चमी मनाइँदै छ ।  यो वर्ष रक्षाबन्धनका दिन चन्द्रग्रहण परेकोले रक्षाबन्धन पनि

भूकम्पपीडितले एक वर्षभित्र घर बनाइसक्नुपर्ने

१३ साउन, काठमाडौं । सरकारले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण गर्न एक वर्षको समयसीमा तोकेको छ । यसअनुसार अहिलेसम्म पहिचान भएका सबै