रेडक्रसले हर्मिमा सम्पन्न गरेका भुकम्प प्रतिकार्य आयोजना समुदायमा हस्तान्तरण

गोरखा, जेठ ३० । नेपाल रेडक्रस सोसाईटी गोरखाले सिराञ्चोक ३ हर्मिमा सञ्चालन गरेको भुकम्प प्रतिकार्य आयोजना समुदायलाई हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रमका बिच हर्मिमा रेडक्रसले सञ्चालन गरेको भुकम्प प्रतिकार्य आयोजना अन्तरगत बिभिन्न योजनाहरु समुदायमा हस्तान्तरण गरेको हो । हर्मीमा सञ्चालन भएका खानेपानी योजना, सिञ्चाई योजना, घोरेटो बाटो लगायतका परियोजनाहरु समुदायलाई बुझाइएको नेपाल रेडक्रस सोसाईटी भुकम्प प्रतिकार्य कार्यक्रमका प्रमुख शिव सुवेदीले जानकारी दिए ।  परियोजना अन्तरगत हर्मिमा १० वटा खानेपानी आयोजना, ३ वटा बिधालयमा शौचालय निर्माण, ३ वटा सिञ्चाई योजना, ४ वटा घोरेटो बाटो र एउटा नमुना भवन निर्माण सम्पन्न गरेर समुदायको जिम्मेवारी रहने गरि समुदायलाई नै हस्तान्तरण गरिएको उनले बताए । 
त्यस्तै रेडक्रसले सोहि कार्यक्रममा पशु बिमा गरेका किसानहरुको पशु मरे पछि पशु बिमाबाट प्राप्त रकम समेत पशु धनि किसानहरुलाई चेक हस्तान्तरण गरेको छ । 
सिराञ्चोक गाउँपालीकाका उपप्रमुख रिता देवकोटाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा शिक्षा बिकास तथा समन्वय ईकाई गोरखाका प्रमुख खेमराज पौडेल, सिराञ्चोक ३ हर्मिका वडा अध्यक्ष बिर बहादुर थापा, नेपाल रेडक्रस सोसाईटिका जिल्ला उपसभापतिहरु मोहन ढकाल र शंकर कुवँर लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम नेपाल रेडक्रस सोसाईटि गोरखा जिल्ला शाखाका सभापति भगवान बाबु मास्केको अध्यक्षतामा सम्पन्न भएको  हो ।
नेपाल रेडक्रस सोसाईटी गोरखाले भुकम्प प्रतिकार्यक्रम अन्तरगत गोरखा जिल्लाको साविकको ९ वटा गाविसमा खानेपानी तथा सरसफाई सम्बन्धी स्वच्छन्दता प्रबन्धन आवाश, स्वास्थ्य, जिविकोपार्जन तथा संस्थागत क्षमता बिकास परियोजना लागु गरेको छ । 
 

प्रतिकृया दिनुहोस

स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानून निर्माणबारे जानकारी

काठमाडौँ,  साउन १२  गते  । स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानून निर्माणबारे जानकारी

नागपञ्चमी र रक्षाबन्धन मनाइँदै

साउन १३ गते । श्रावण शुक्ल पञ्चमीका दिन शुक्रबार नागको पूजा गरेर नाग पञ्चमी मनाइँदै छ ।  यो वर्ष रक्षाबन्धनका दिन चन्द्रग्रहण परेकोले रक्षाबन्धन पनि

भूकम्पपीडितले एक वर्षभित्र घर बनाइसक्नुपर्ने

१३ साउन, काठमाडौं । सरकारले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण गर्न एक वर्षको समयसीमा तोकेको छ । यसअनुसार अहिलेसम्म पहिचान भएका सबै