मनकामना मन्दिरको जिर्णोद्धार कार्य सम्पन्न

जि.पि.पौडेल / गोरखा,भदौ २८ । करिब ४ सय वर्ष पहिले बनेको गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरको जिर्णोद्धार कार्य सम्पन्न भएको छ । बि.स.२०७२ साल देखि जिर्णोद्धार कार्य सुरु गरिएको पुरातत्व बिभागको डिजाइन अनुरुप नै मन्दिर निर्माण कार्य सकिएको जिर्णोद्धार समितिका संयोजक नरेन्द्र बाबु श्रेष्ठले जानकारी दिएका छन ।

झण्डै १३ करोड रुपैयाँ खर्च गरी पुरानै ढाँचामा निर्माण गरिएको मनकामना मन्दिरमा करिब ८ करोड बराबरको सुनको जलप लगाएको संयोजक श्रेष्ठले बताएका छन । उनका अनुसार सुनको जलप लगाउँदा १८ किलो २०० ग्राम सुन प्रयोग गरिएको छ । मन्दिरको जिर्णोद्धार गर्दा लागेको एकमुष्ठ लागत अडिट सकेपछि मात्र सार्वजनिक गरीने समितीले जनाएको छ ।

मन्दिरको जिर्णोद्धार सम्पन्न भए पनि आँगनमा ढुङ्गा छाप्ने काम बाँकी रहेको र दशैँ वा कात्तिक सम्म भक्तजनहरुका लागि मन्दिर खुला गरिने लक्ष्य रहको समितीले जानकारी दिएको छ । गत वर्ष नै जिर्णोद्धार सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त मन्दिर भूकम्प, नाकाबन्दी, काठ अभाव लगायतका कारणले तोकिएको समय भन्दा झण्डै एक वर्ष ढिलो सम्पन्न भएको हो ।
 

प्रतिकृया दिनुहोस

पत्रपत्रिकाका फ्रन्टपेजः माओवादी केन्द्र विघटन गर्न प्रचण्डको प्रस्ताव !

१३ साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विघटन गर्न सकिने विकल्पबारे सोच्न नेताहरुलाई प्रस्ताव गरेको खुलासा

एउटा दर्दनाक प्रेम यसरी टुङगीयो

सोविता रिसाल । साउन पहिलो साताको एक दिन । झमक्क साँझ पर्न लागेको थियो । न्यूज रुम, प्राइम बुलेटिनको तयारी । निकै हतारमा थिएँ । ६ बजेपछि स्वभाविक रुपमा

नयाँ बसपार्क समूह प्रथम

साउन ३१ गते । तेश्रो तीज मेला अन्तर्गत सोमबार भएको तीज गीत प्रतियोगितामा नयाँ बसपार्क समूह पहिलो भएको छ । १३ टिमलाई पछि पार्दै नयाँ बसपार्क समूह पहिलो