अनिश थापा भए लिगलिगकोटका राजा

जि.पि.पौडेल / गोरखा,असोज २८ । पालुङटार नगरपालिकाको लिगलिगकोटमा आज भएको नवौ लिगलिगे दौड प्रतियोगिताको उपाधी नेपाली सेनामा कार्यरत पर्वतका अनिश थापाले जितेका छन् ।
चेपेघाटदेखि लिगलिगकोट दरबारसम्मको १३.८ किमी दूरी ५८ मिनेट २५ सेकेन्डमा पार गर्दै थापाले उपाधी हात पारेका हुन् ।
लिगलिगदौडको इतिहासमा उनि तेस्रो पटक राजा हुन सफल भएका हुन । दौडमा पहिलो हुने मगरलाई राजा घोषणा गरिने छ । थापालाई पुरस्कार स्वरुप नगद ६० हजार रुपैयाँको साथमा श्रीपेच, पगरी, ट्रफी र लिगलिगकोट दूतको व्याच प्रदान गरिएको आयोजक लिगलिग कोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले बताए । प्रतियोगितामा वाग्लुङका तीर्थ पुन दोस्रो भएका छन् । उनले निर्धारित दूरी ५८ मिनेट ४० सेकेण्डमा पार गरेका थिए । निर्धारित दूरी ५९ मिनेट २१ सेकेण्डमा पार गर्दै नेपाली सेनाका रामजी बस्नेत तेस्रो भएका छन् ।

दोस्रो र तेस्रो हुनेले क्रमश नगद ३५ हजार र २५ हजारको साथमा मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा नवौ स्थानसम्म प्राप्त गर्ने सहभागीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।
त्यस्तै स्थानीय महिलातर्फको दौडमा सुनिता गिरी प्रथम भएकी छन् । खुल्ला महिलातर्फको दौडमा पुष्पा भण्डारी र भेट्रानतर्फको दौडमा धर्म महर्जन प्रथम भएका अध्यक्ष रानाले जानकारी दिए ।

पर्यटन प्रवर्द्धनसँगै खेल क्षेत्रको विकासका लागि २०६७ साल देखि बर्षेनी प्रतियोगिता गर्दै आएको अभियानका अध्यक्ष रानाले बताए । वि.सं. १६०४ मा सुरु भएको दौडलाई पछिल्लो समय २०६७ बाट पुनः निरन्तरता दिन थालिएको हो । राजा द्रव्य शाहको उदयपछि तत्कालीन समयमा दौडको अन्त्य भएको इतिहास छ । पहिलो लिगलिगे दौडमा दलसुर घले मगर विजयी भई राजा भएको जनविश्वास छ ।

प्रतिकृया दिनुहोस

निर्वाचन क्षेत्र निर्धारण आयोगले थाल्यो काम

सरकारले सात दिनअघि गठन गरेको निर्वाचन क्षेत्र निर्धारण आयोगले बुधबारदेखि औपचारिक रूपमा आफ्नो काम सुरु गरेको छ ।  काम थालेको मितिले २१ दिनभित्र

जिल्ला समन्वय समिति गोरखा कांग्रेसको कब्जामा

साउन १७  गोरखा । जिल्ला समन्वय समिति गोरखाको संयोजकमा नेपाली कांग्रेसका सिरानचोक गाउँपालिका १ केराबारीबाट सदस्यमा निर्वाचित अशोक गुरुङ निर्विरोध

नगरपालिकाले घर बहाल कर उठाउन नसक्दा लाखौंको राजश्व गुम्यो

गाेरखा –जिल्ला सदरमुकाममा घर भाडामा लगाएकाहरुबाट नगरपालिकाले बाहलकर लिन सकेको छैन् । घरभाडा लगाएर लाखौ आम्दानी गरिरहेका घरधनीले नगरपालिकालाई