बाढी पहिरोबाट कसरी बच्ने ?

बाढी र पहिरोको कारण देशभरको जनजीवन अस्तव्यस्त बनेको छ । विशेषरी नदी तटीय क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर छ । बाढीले तराईका सयौँ घर डुबानमा परेका छन् ।

पहाडमा पहिरोले धेरैको ज्यान गएको छ । कति बेपत्ता भए भन्ने यकिन छैन । पानी पर्ने क्रम नरोकिएकाले अझै बाढी पहिरोको खतरा छ । 

बाढी पहिरोको बेला के कुरामा ध्यान दिने त ?

  • बाढीबाट जोगिन नदी तटीय क्षेत्रमा बस्न हुन्न ।
  • होचो भूभागमा आवातजावत गर्न हुन्न । 
  • गाउँ र वस्तीमा बाढी आयो भने उचो भूभागमा जानुपर्छ । 
  • समूहमा बस्नुपर्छ ।
  • उचो भूभागमा जाने ठाउँ छैन भने आफ्नो घरको पहिलो, दोस्रो तल्ला वा छतमा बस्न सकिन्छ । छतमा पनि बस्न सक्ने अवस्था भएन भने बाहिरबाट गएका उद्धार टोलीलाई आफ्नो समस्या भन्नुपर्छ ।
  • बाढी पूर्वानुमान शाखाको पैसा नलाग्ने नम्बर ११५५ मा फोन गरेर कता बाढी जाँदैछ भन्ने थाहा पाउन सकिन्छ । 
  • जल तथा मौसम पुर्वानुमान विभागले २४ सै घण्टा मौसमी गतिविधि अपडेट गरिरहेको छ । संम्भव भएसम्म त्यो सूचना नियमित लिनुपर्छ । 
  • संचारमाध्यमबाट आएको सूचनालाई आधार बनाएर सतर्क हुनपर्छ । 
  • सूचना अनुसार सुरक्षित ठाउँको पहिचान पहिले नै गर्ने र बाढी आइहाले त्यो ठाउँमा जानुपर्छ ।

झरी पर्न थालेपछि कुन खोलामा कहिले बाढी आउँछ भन्ने बाढी पूर्वानुमान शाखाले अनुमान गर्छ र त्यहि अनुसार सतर्क रहन सम्बन्धित जिल्लाका नागरिकलाई अपिल गर्छ । तर पहिरो कतिबेला आउँछ भन्ने पहिले नै थाहा हुँदैन । तर पहिरोबाट पनि जोगिने उपाय भने छन् ।

  • ठूलो पानी परेपछि जमिन कमजोर हुने भएकाले भिरालो जमिनमा बस्दा उच्च सतर्कता अपनाउनुपर्छ । 
  • पहिले पहिरो गएका ठाउँमा फेरि पनि पहिरो जाने संभावना धेरै हुने भएकाले त्यस्ता ठाउँको पहिचान गर्नुपर्छ । 
  • आवातजावत कम गर्नुपर्छ । 
  • घर भत्किएर जनधनको क्षती हुने भएकाले घर बाहिर निस्किएर बस्नुपर्छ । 
  • ठूलो पानी परिरहे जाग्राम बस्नुपर्छ ।

यति गर्नाले केही हदसम्म भएपनि ज्यान जोगाउन सकिन्छ । विपतको बेलामा समूहमा बस्दा एकअर्कालाई सहयोग गर्न सजिलो हुन्छ । यस्तै सम्भव भएसम्म सञ्चार माध्यम र सूचना प्रवाह गर्ने निकायसँग नियमित सम्पर्कमा बसौं । यसले उद्धार तथा राहत वितरणमा सहज हुन्छ ।

(बाढीविज्ञ पराजुलीसँग सजना तिमल्सिनाले गरेको कुराकानीमा आधारित उज्यालो अनलाईनबाट)

प्रतिकृया दिनुहोस

पत्रपत्रिकाका फ्रन्टपेजः माओवादी केन्द्र विघटन गर्न प्रचण्डको प्रस्ताव !

१३ साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विघटन गर्न सकिने विकल्पबारे सोच्न नेताहरुलाई प्रस्ताव गरेको खुलासा

इन्टाग्राम युवाहरुको मानसिक स्वास्थ्यका लागि घातक

बेलायतमा गरिएको एक सर्भेले समाजिक सञ्जाल इस्टाग्राम युवाहरुको मानसिक स्वास्थ्यका लागि सबैभन्दा खराब भएको देखिएको छ । उक्त मतसर्वेक्षणमा १४ देखि २१

बाढी–पहिरो : कसरी चुक्दै छौं ?

- डा. सुबोध ढकाल सन् १९९० अघिसम्म प्राय: सबै देशमा विपद्लाई मान्छेको पकडभन्दा बाहिरको कुरा र भगवानको इच्छा भनेर नै बुझ्ने गरिन्थ्यो । तर ९० को दशकदेखि