तेस्रो लिङ्गीमाथिको उपन्यास ‘नयाँ अध्याय’ सार्वजनिक

तेस्रो लिङ्गीका विषयमा साहित्यकार गीताकेशरीले लेख्नुभएको उपन्यास ‘नयाँ अध्याय’ शनिबार सार्वजनिक गरिएको छ । 

ऐरावती प्रकाशनद्वारा प्रकाशित उपन्यास २३ भागमा लेखिएको छ । प्रा राजेन्द्र सुवेदीले यहाँ आयोजित कार्यक्रममा उपन्यास सार्वजनिक गर्दै अनुसन्धानमूलक उपन्यासले समाजबाट हेपिएका तेस्रोलिङ्गीलाई अधिकार स्थापित गराउन सहयोग पु¥याउने जिकिर गर्नुभयो । 

उपन्यासमाथि समीक्षा गर्दै डा देवी नेपाल र गीता त्रिपाठीले उपन्यासमा शारीरिक अङ्ग पुरुष तर मानसिक रुपमा महिला भएर बाँच्नुपर्ने तेस्रोलिङ्गीको व्यथालाई सरल भाषा लेखिएको बताउनुभयो । 

लेखिकाले सामाजिक परिवेशमा बस्न नसकी जीवनदेखि भाग्न खोज्ने तेस्रोलिङ्गीलाई बाटो देखाउन उपन्यासले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रतिकृया दिनुहोस

पत्रपत्रिकाका फ्रन्टपेजः माओवादी केन्द्र विघटन गर्न प्रचण्डको प्रस्ताव !

१३ साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विघटन गर्न सकिने विकल्पबारे सोच्न नेताहरुलाई प्रस्ताव गरेको खुलासा

एउटा दर्दनाक प्रेम यसरी टुङगीयो

सोविता रिसाल । साउन पहिलो साताको एक दिन । झमक्क साँझ पर्न लागेको थियो । न्यूज रुम, प्राइम बुलेटिनको तयारी । निकै हतारमा थिएँ । ६ बजेपछि स्वभाविक रुपमा

‘समर लभ’को छायाँकन सुरु

श्रावण ३१, २०७४ । युवा पुस्ताले निक्कै रुचाएको सुविन भट्टराईको चर्चित उपन्यासमाथि बन्न लागेको चलचित्र ‘समर लभ’को छायांकन सुरु भएको छ । यो