इन्टाग्राम युवाहरुको मानसिक स्वास्थ्यका लागि घातक

बेलायतमा गरिएको एक सर्भेले समाजिक सञ्जाल इस्टाग्राम युवाहरुको मानसिक स्वास्थ्यका लागि सबैभन्दा खराब भएको देखिएको छ ।

उक्त मतसर्वेक्षणमा १४ देखि २१ वर्ष उमेरका १ हजार ४७९ जना युवाहरुलाई शीर्ष पाँच सामाजिक सञ्जालमध्ये कुनले बढी नकारात्मक प्रभाव पारेको सोधिएको थियो ।

जसमा चिन्ता, निराशा, एकाकीपन, धम्की र शरीरको छविलाई आधार बनाइएको थियो ।

रोयस सोसाइटी फर पब्लिक हेल्थ स्टडीले सामाजिक सञ्जालको व्यापक प्रयोगलाई निरुत्साहित गर्नुपर्ने र मानिसक समस्या भएका प्रयोगकर्ताको पहिचान गर्नुपर्ने बताउँछन् ।

रिपोर्टले भन्छ, समाजिक सञ्जालले युवाहरुको लागि मानसिक समस्या बढाइरहेको छ ।

अन्य उमेर समूहको तुलनामा सबैभन्दा बढी ९० प्रतिशत युवा सामाजिक सञ्जालमा सक्रिय छन् । त्यही भएर उनीहरु यसका प्रभावबाट सबैभन्दा बढी खतरामा रहेका छन् ।
यद्यपि, अहिलेको अध्ययनले यस्ता खतरा के केमा हो भनेर चाहीँ प्रष्ट पारेको छैन ।

इस्ला अहिले २० वर्षकी भइन् । टिनएजर हुँदा उनी समाजिक सञ्जालमा सक्रिय थिइन् । शुरुवातमा उनलाई समाजिक सञ्जालबाट आफूलाई महत्व दिइएको भान भयो । तर, विस्तारै उनी वास्तविक जीवनभन्दा सामाजिक सञ्जालमा बढी सक्रिय हुन थालिन् जसले उनलाई १६ वर्षको उमेरमा नै डिप्रेसनमा पुर्यायो ।
तर, पछि उनी यसबाट उम्कन पनि सफल भइन् । अहिले समाजिक सञ्जाललाई नै उनले सकारात्मक रुपमा प्रयोग गर्न सुरु गरेकी छिन् । उनी मानसिक स्वास्थ्यबारे लेख्छन् र मानिसहरुसँग कुरा गर्छन्, उनीहरुलाई यसबारे सचेत गराउँछिन् ।

अनलाइन गरिएको सर्वेक्षणमा युट्युव, इन्सटाग्राम, स्नापच्याट, फेसबुक र ट्वीटरले आफ्नो मानसिक स्वास्थ्यमा कस्तो पारिरहेको भनेर सोधिएको थियो ।
जसमा युट्युवबाट सबैभन्दा सकारात्मक प्रभाव परेको र स्नापच्याट र इन्सटाग्रामबाट सबैभन्दा बढी नाकारात्मक प्रभाव परेको नतिजा आएको थियो ।

प्रतिकृया दिनुहोस

पत्रपत्रिकाका फ्रन्टपेजः माओवादी केन्द्र विघटन गर्न प्रचण्डको प्रस्ताव !

१३ साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विघटन गर्न सकिने विकल्पबारे सोच्न नेताहरुलाई प्रस्ताव गरेको खुलासा

बाढी पहिरोबाट कसरी बच्ने ?

बाढी र पहिरोको कारण देशभरको जनजीवन अस्तव्यस्त बनेको छ । विशेषरी नदी तटीय क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर छ । बाढीले तराईका सयौँ घर डुबानमा परेका

बाढी–पहिरो : कसरी चुक्दै छौं ?

- डा. सुबोध ढकाल सन् १९९० अघिसम्म प्राय: सबै देशमा विपद्लाई मान्छेको पकडभन्दा बाहिरको कुरा र भगवानको इच्छा भनेर नै बुझ्ने गरिन्थ्यो । तर ९० को दशकदेखि