बजारमा तरकारीको भाउ छोइनसक्नु

अविरल वर्षासँगै आएको बाढी, पहिरोका कारण आयात रोकिए पछि बजारमा तरकारीको भाउ अकासिएको छ। अधिकांश तरकारीको भाउ किलोकै सय रुपैयाँ हाराहारी पुगेको छ।

पछिल्लो दुई सातामा तरकारीको भाउ ५० देखि सय प्रतिशतसम्म बढेको सम्बद्ध व्यापारीले बताएका छन्। तराईमा बाढीको क्षति, राजधानी प्रवेश गर्ने सडकमा अवरोध र वर्षाले तरकारी नष्ट भएपछि मूल्य बढेको हो।

सधै झै आयात कम भएको मौका छोपी व्यापारीले मनपरी भाउ बढाएका छन्। अभावको मौका छोपी ज्यादै महँगो मूल्य लिए पछि भान्छा चलाउन हम्मे परेको उपभोक्ताको गुनासो छ।

खुद्रा पसलमा गोलभेंडाको मूल्य किलोको सय रुपैयाँ छ। परबलको एक सय २० रुपैयाँ छ। आलु धार्नीको सय नाघेको छ। काउली, भिन्डी, घिरौंलाको मूल्य पनि ८० रुपैयाँ हाराहारी छ। लौका, काँक्रो किलोको ६० र करेला ४५ रुपैयाँ पुगेको छ। प्याज छोइनसक्नु भएको छ।

बजारमा तरकारी निकै कम आएकाले भाउ बढेको टुकुचा तरकारी बजारकी गंगा श्रेष्ठले बताइन्। ‘तीन दिनअघि ६०–७० रुपैयाँ किलोमा बेचेको परबल अहिले एक सय २० रुपैयाँ पुगेको छ,’ श्रेष्ठले भनिन्, ‘माग अनुसार पुर्‍याउनै सकेका छैनौं।’ बर्खामा भारतबाट पनि तरकारी आउन रोकिएको छ। यसको असर मूल्यमा परेको हो।

दुई साताअघि भिन्डी किलोको ३५, घिरौंला ४५, करेला ३५, परबल ३५, चिचिन्डो ३५, बोडी, सिमी ४५ रुपैयाँमा बिक्री भएको थियो।

बर्खाका कारण उत्पादन समेत घटेको छ। खुद्रा पसलमा मात्र नभएर उपत्यकाको मुख्य तरकारी बजार कालीमाटीमै भाउ बढेको छ। अधिक वर्षाले बाहिरी जिल्लामा करोडौंको तरकारी नष्ट भएको कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले बताए। ‘अधिक वर्षाले देशभर करोडौंको तरकारी नष्ट भएको छ,’ कार्कीले भने, ‘त्यसको असर स्वाभाविक रुपमा बजारमा परेको छ।’

बजारमा तरकारी कम आएकाले पनि भाउ बढेको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले जनाएको छ। ग्रामीण क्षेत्रबाट आउने तरकारी पनि आउन सकेको छैन। वर्षाले कच्ची सडकमा गाडी नपुग्ने र बोकेर ढुवानी गर्नुपर्दा लागत बढेको व्यापारी बताउँछन्।

६०–६५ रुपैयाँ पर्ने प्याजको भाउ बढेर ९० रुपैयाँ पुगेको छ।  कतिपय व्यापारीले बहाना बनाएर भाउ बढाएको उपभोक्ता बताउँछन्। प्याज, आलु लगायत फल्ने सिजन अहिले नभए पनि बाहिरबाट नआएको मौका छोपी उपभोक्तालाई ठग्ने काम भएको उपभोक्ता अधिकारकर्मी बताउँछन्। मुलुकमा विपत्ति आएको मौका छोपी कमाउने प्रवृत्ति समेत हाबी हुने उनीहरुको भनाइ छ। -नागरिक बाट

प्रतिकृया दिनुहोस

पत्रपत्रिकाका फ्रन्टपेजः माओवादी केन्द्र विघटन गर्न प्रचण्डको प्रस्ताव !

१३ साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विघटन गर्न सकिने विकल्पबारे सोच्न नेताहरुलाई प्रस्ताव गरेको खुलासा

पत्रपत्रिकाका फ्रन्टपेजः माओवादी केन्द्र विघटन गर्न प्रचण्डको प्रस्ताव !

१३ साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विघटन गर्न सकिने विकल्पबारे सोच्न नेताहरुलाई प्रस्ताव गरेको खुलासा

आम्दानीको स्रोत बन्दै अकबरे खोर्सानी

इलाम भदौ २ – इलामको माइजोगमाई गाउँपालिका स्थित नामसालिङ्गका किसानले तीन महिनामा दशलाख रुपैयाँ भन्दा बढी आम्दानी गरेका छन् । अधिकांश किसान अकबरेको