उत्तरी गोरखाको सामागाउँ नाका खुल्ला

गाेरखा-उत्तरी गोरखाको सामागाउँ र तिनको तिब्बती क्षेत्रमा पर्ने नुङईला नाका शुक्रबार देखी खुल्ला भए पछि सर्व साधारणहरु सामान खरीदका लागि तिब्बती बजार जान थालेका छन । बर्षमा मुस्किलले २ पटक सम्म खुल्ने उत्त नाका उत्तरी गोरखाका सर्व साधारणहरुको आग्रहमा तिब्बती शासकहरुले खोलिदिने गरको साम्दोका शिक्षक निमादोर्जे लामाले बताए ।

गाेरखासमाचार दैनिकमा खबर छ- नाका खुले संगै सामागाउँ, ल्हो, प्रोक, बिही, सिर्दीबास, चुम्चेत र छेकम्पार क्षेत्रका सर्व साधारणहरु आफु संग भएको घोडा, खच्चड, चौरी र झोपा तथा भेडा लिएर तिब्बती बजार गएका छन । यो क्रम बिशेष परिस्थितीमा नबदलिने हो भने १ महिना सम्म खुल्ला रहने शिक्षक लामाले बताए । ‘कहिले काही पशु र मानिसमा रोग देखीयो भने नाका तत्कालै बन्द गरीदिन्छन । नत्र नाका एक महिना सम्म खुल्छ’ शिक्षक लामाले भने ।

तिब्बती बजार गएकाहरुले त्यहाँबाट मैदा, करुको पिठो, चिनी, चियापत्ती, तेल, नुन तथा चामल जस्ता दैनिक उपभोग्य बस्तुहरु खरीद गरी ल्याउने गर्दछन । नाका खुलेको मौका पारेर उत्त क्षेत्रमा ब्यापार गर्दै गरेका ब्यापारीहरुले पनि सामान गरीद गरी ल्याउने प्रचलन रही आएको छ । ब्यापारीहरुले भने ब्यापारीक प्रयोजनका लागि रक्सी, छाङ्ग, चिनी, चियापत्ती, जुत्ता चप्पल, कब्बल, बियर, तेल, मैदा, करुको पिठो, बिस्कुट जस्ता सामाग्रीहरु खरीद गरी ल्याउने गर्दछ ।

सामागाउँबाट १ दिनमा नै सहजै पुग्न सकिने उत्त नाकामा अहिले चाईनाले कच्ची सडक खोलिदिएको छ । थोरै समय, छोटो बाटो भएता पनि सामागाउँबाट नुङईला नाका पुग्न जोखिम पुर्ण यात्रा गनुपर्ने बाध्यता छ । भिरको बाटो भएका कारण एक तर्फी यात्रा मात्र गर्न मिल्ने उत्त बाटोमा पूर्व जानकारी बिना आउ जाऊ गर्ने चलन नभएको शिक्षक लामाले बताए ।

बिगतमा उत्त क्षेत्रका सर्व साधारणहरुले स्थानिय जंगलबाट काठ लिएर तिब्बतमा बिक्री गर्ने र सामान खरीद गरेर ल्याउने गरीएको भएता पनि अहिले जंगल क्षेत्र कम भएका कारण खाली जाने र सामान खरीद गरेर मात्र ल्याउने गरेको सामागाउँका ब्यापारी बिरबहादुर लामाले बताए । ‘केही बर्ष अगाडी सम्म पनि यताबाट काठ लगेर बिक्री गर्ने र उताबाट आवश्यक सामान ल्याउने गरीन्थ्यो ।

केही बर्ष देखी त्यो क्रम रोकिएको छ । सायद जनचेतनाले पनि होला’ भन्छन ब्यापारी बिरबहादुर । गोरखा जिल्लाको छेकम्पार र सामागाउँ क्षेत्रमा रहेको २ तिब्बती नाका मध्ये छेकम्पारका नाका भने गएको बर्ष देखी बर्ष भरी नै खुल्ला गरीएको थियो । लामो तर सरल यात्रा गर्न सहज हुने छेकम्पारको बाटो भएर कम मानिस मात्र तिब्बती बजारमा जाने गर्दछ ।

प्रतिकृया दिनुहोस

पत्रपत्रिकाका फ्रन्टपेजः माओवादी केन्द्र विघटन गर्न प्रचण्डको प्रस्ताव !

१३ साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विघटन गर्न सकिने विकल्पबारे सोच्न नेताहरुलाई प्रस्ताव गरेको खुलासा

पत्रपत्रिकाका फ्रन्टपेजः माओवादी केन्द्र विघटन गर्न प्रचण्डको प्रस्ताव !

१३ साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विघटन गर्न सकिने विकल्पबारे सोच्न नेताहरुलाई प्रस्ताव गरेको खुलासा

आम्दानीको स्रोत बन्दै अकबरे खोर्सानी

इलाम भदौ २ – इलामको माइजोगमाई गाउँपालिका स्थित नामसालिङ्गका किसानले तीन महिनामा दशलाख रुपैयाँ भन्दा बढी आम्दानी गरेका छन् । अधिकांश किसान अकबरेको